सोमबार, मंसिर ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

ओडेगार्डको आगमनसँगै फेरिएको आर्सनल

बुधबार, १२ मंसिर २०८१खेलपाटी संवाददाता
ओडेगार्डको आगमनसँगै फेरिएको आर्सनल
Classic Tech Internet Ad

काठमाडौं। आर्सनलले फेरि गोल बर्साउन थालेको छ। र, यसको मुख्य श्रेष्य जान्छ, मार्टिन ओडेगार्डलाई नै। च्याम्पियन्स लिगमा मंगलबार स्पोर्टिङ लिस्बनलाई ५–१ ले पराजित गरेपछि आर्सनलले अन्तर्राष्ट्रिय विश्रामपछि दुई खेलमा आफ्नो गोल संख्या आठमा पुर्‍याएको छ।

घुँडाको चोटका कारण दुई महिना मैदान बाहिर रहेका ओडेगार्ड टोलीमा फर्किएका छन्। उनी बाहिर रहँदा मिकेल अर्टेटाको आक्रमण कमजोर भएको थियो। त्यसले गर्दा बोर्नमाउथसँग २–० र न्यूक्यासलसँग १–० को हारले प्रिमियर लिगमा आर्सनललाई पछाडि धकेल्यो।

च्याम्पियन्स लिगमा एटलान्टासँग गोलरहित बराबरी र इन्टर मिलानसँग १–० को हारको कारण पनि ओडेगार्डको अभाव नै हो। मिलानविरुद्धको खेलमा उनी ८९औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा फर्केका थिए।

ओडेगार्ड फर्किएपछि आर्सनल अपराजित छ। अझ महत्त्वपूर्ण कुरा त विपक्षीको पोस्टमा धमाधम गोल बर्साउन थालेको छ। शनिबार नटिङ्घम फरेस्टमाथि ३–० को जितपछि मंगलबार लिस्बनविरुद्ध आर्सनलले सिजनकै ठूलो जित दर्ता गर्‍यो।

आर्सनलको जितमा बुकायो साका, काई हाभर्ट्ज, गेब्रियल मार्टिनेली, गेब्रियल मागाल्हायेस र लियान्ड्रो ट्रोसार्डले गोल गरेका थिए। तर, यस जितमा ओडेगार्डको भूमिकाले सबैभन्दा महत्त्वपूर्ण रह्यो। उनको यही प्रभावशाली प्रदर्शनसँगै स्पोर्टिङको अपराजित यात्रालाई समाप्त भयो।

ओडेगार्डबारे आर्सनलका विंगर साकाले भन्छन्, ‘उनी अविश्वसनीय खेलाडी हुन्। उनी फर्केको दिन मेरो अनुहारमा ठूलो मुस्कान थियो। हाम्रो केमिस्ट्री स्पष्ट देखिन्छ। मलाई विश्वास छ कि उनी बाँकी सिजनभरि फिट रहनेछन्।’

स्पोर्टिङविरुद्ध ओडेगार्डले आर्सनलका पहिलो दुई गोल गर्न सहयोगी भूमिका खेल्दिए। ती गोल मार्टिनेली र काईले गरेका थिए। खेलको ६५औं मिनेटमा उनीमाथि फउल भएपछि साकाले पेनाल्टीको मौका पाए। साकाले त्यसलाई सदुपयोग गर्दै आर्सनललाई ४–१ को अग्रता दिलाए।

अब आर्सनल प्रिमियर लिगमा पहिलो स्थानमा रहेको लिभरपुलसँग भिड्न तयार हुँदै छ। लिभरपुल १२ खेलबाट चौथो स्थानको आर्सनलभन्दा ९ अंकले अगाडि छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

४० वर्षको उमेर रोनाल्डोको ‘बाइसाइकल किक’

४० वर्षको उमेर रोनाल्डोको ‘बाइसाइकल किक’

मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

सिरिजंघाको विजयी सुरुआत

सिरिजंघाको विजयी सुरुआत

Bajaj Pulsar Motorcycle Ad
सन्दीप चम्किँदा विराटनगरको लगातार तेस्रो जित

सन्दीप चम्किँदा विराटनगरको लगातार तेस्रो जित

४० वर्षको उमेर रोनाल्डोको ‘बाइसाइकल किक’

४० वर्षको उमेर रोनाल्डोको ‘बाइसाइकल किक’

मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

सिरिजंघाको विजयी सुरुआत

सिरिजंघाको विजयी सुरुआत

 कुन्वरवर्ती र नवीनलाई  यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

कुन्वरवर्ती र नवीनलाई यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

 चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने  !

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने !