च्याम्पियन्स लिगमा लेवान्डोस्कीको १०० गोल

काठमाडौँ। रोबर्ट लेवान्डोस्कीले च्याम्पियन्स लिगमा १०० गोल गर्ने तेस्रो खेलाडी बनेका छन्।
बार्सिलोनाले ब्रेस्टविरुद्ध ३–० को जित हासिल गर्दा १०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको इन्जुरी समयमा उनले १०१ औं गोल गरेर क्याटलान क्लबलाई जित दिलाए।
युइएफएका अनुसार उनी लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो पछि १०० गोलको आँकडा पूरा गर्ने उनी तेस्रो खेलाडी हुन्। मेसीले १२३ र रोनाल्डोले १३७ खेलमा १००औं गोल पुर्याएका थिए। लेवान्डोस्कीले यो उपलब्धि १२५ खेलमा हासिल गरेका हुन्। अर्थात उनले मेसीभन्दा दुई खेल बढी र रोनाल्डोभन्दा १२ खेल कममा यो उपलब्धी हासिल गरेका हुन्। यस अवधिमा उनले क्वालिफाइङ राउन्डमा पनि एक गोल गरेका थिए।
लेवान्डोस्कीले आफ्नो सफलता बारेमा खुशी व्यक्त गर्दै भने, ‘मैले च्याम्पियन्स लिगमा १०० भन्दा बढी गोल गर्न सक्छु भनेर सोचेको थिइनँ।’
यो सिजन च्याम्पियन्स लिगमा उनको सातौं गोल थियो। पोल्यान्डका स्ट्राइकरले बार्सिलोनाका लागि १९ खेलमा २२ गोल गरेका छन्। स्पेनिस लिगमा १४ खेलमा १५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा उनी शीर्ष स्थानमा छन्।













-1763904378702.png&w=3840&q=75)