काठमाडौं। बुकायो साकाको शानदार प्रदर्शनमा आर्सनलले च्याम्पियन्स लिगमा पोर्चुगलको क्लब स्पोर्टिङलाई ५–१ ले हराउँदै २१ वर्षयताकै सबैभन्दा ठूलो जित दर्ता गरेको छ।
मंगलबार राति भएको खेलमा आर्सनलका लागि काई हाभर्ट्ज, ब्राजिलियन डिफेन्डर गेब्रियल मार्टिनेली, गेब्रियल मागाल्हायेस र लियान्ड्रो ट्रोसार्डले थप प्रभावशाली प्रदर्शन गरे।
खेलको सातौं मिनेटमा गेब्रियलको गोलबाट आर्सनलले सुरुआती अग्रता लिएको थियो। उनले गेब्रियलले डेक्लान राइसको कर्नर पासमा उत्कृष्ट हेडिङमार्फत गोल गरेका हुन्। २२औं मिनेटमा साकाको पासमा काईले आर्सनको अग्रता दोब्बर बनाए। पहिलो हाफको अन्त्यतिर मागाल्हायेसले गोल गर्दै आर्सनलाई फराकिलो जितनजिक पुर्याएका थिए।
दोस्रो हाफको सुरुआतमा स्पोर्टिङका गोन्कालो इनासियोले एक गोल फर्काए पनि साकाले पेनाल्टीमार्फत आर्सनलको तीन गोलको अग्रता पुनःस्थापित गरे। निर्धारित खेल सकिन आठ मिनेट बाँकी रहँदा ट्रोसार्डले अर्को गोल थप्दै आर्सनललाई ५–१ को सानदार जित दिलाए।
आर्सनलले पछिल्लोपल्ट सन् २००३ मा च्याम्पियन्स लिगअन्तर्गत इन्टर मिलानविरुद्ध भएको खेलमा समान स्कोरलाइ निकालेको थियो। त्यसपछि आर्सनलको यो सबैभन्दा ठूलो ‘अवे’ जित हो।
यो जितसँगै आर्सनलले पाँच खेलबाट १० अंक जोड्दै ३६ टोलीको समूहमा सातौं स्थान ओगटेको छ। स्पोर्टिङ समान अंकसहित गोल अन्तरका आधारमा एक स्थान तल झरेको छ।
‘स्पोर्टिङले १३ महिनादेखि आफ्नो मैदानमा हार बेहोरेको थिएन। यो हाम्रो लागि चुनौतीपूर्ण खेल थियो तर हामीले उत्कृष्ट प्रदर्शन गर्यौं,’ साकाले भने। "हामी सुधार गर्दै जाने टोली हौं र सबै खेलाडीप्रति गर्व छ।"
खेलमा आर्सनलको दायाँ विंगबाट गरिएको आक्रमण प्रभावशाली देखिएको थियो। खेलको सुरुआतमा जुरियन टिम्बरको लो क्रसलाई मार्टिनेलीले गोलमा परिणत गरेका थिए। त्यस्तै, डेक्लान राइसको कर्नरमा गेब्रियलले उत्कृष्ट हेडिङ मार्फत थप गोल गरेका हुन्।
स्पोर्टिङका प्रशिक्षक जोआओ परेराले खेलको सुरुआत राम्रो गर्न नसेकको स्वीकार गरे। ‘यसले नै टोलीलाई दबाबमा पार्यो। दोस्रो हाफमा सुधार गर्ने प्रयास गर्यौं तर आर्सनलको प्रदर्शन बलियो रह्यो,’ उनले भने।