काठमाडाैं। मच्छिन्द्र फुटबल क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मंगलबार विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि सहज जित हात पा¥यो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मच्छिन्द्रलाई ३–१ को जित दिलाउन भूपेन्द्र धरालाले दुई र प्रसून तामाङले एक गोल गरे ।
डिफेन्डर निश्चल रानाले देखाएको खराब स्किलको फाइदा उठाउँदै प्रसूनले ११औं मिनेटमा मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । निश्चलबाट बल खोस्दै प्रसूनले लामो दूरीबाट गरेको प्रहारलाई गोलकिपर रामबहादुर बोहराले बचाउने कुनै अवसर पाएनन् । त्यसपछि भने भूपेन्द्रले ४८ र ८४औं मिनेटमा दुई गोल गर्दै मच्छिन्द्रलाई सहज जिततर्फ अग्रसर गराए ।
निर्धारित ९० मिनेटभर मच्छिन्द्रको दबाब झेलेको आर्मीले इन्जुरी समयको पाँचौं मिनेटमा गोल फर्काएको थियो । तर, रिबाउन्डमा आएको बलमा समर्पण सुनारले गरेको त्यो गोल सान्त्वनामात्रै रह्यो।