काठमाडौं। मनाङ मर्स्याङ्दी क्लबलाई सोमबार पारजित गर्दै संकटा फुटबल क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको चौथो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा संकटाले मनाङलाई ४–१ ले पराजित गरेको हो। जितसँगै संकटाले १२ खेलबाट २१ अंक पुर्याएको छ। समान खेलबाट १९ अंक बटुलेको मनाङ भने पाँचौं स्थानमा झरेको छ।
खेलको तेस्रो मिनेटमै दिवश राईको गोलमार्फत संकटाले अग्रता लिएको थियो। तर, १२औं मिनेटमा संकटाले मुख्य प्रशिक्षक गुमान पुग्यो। प्रज्वलप्रताप क्षेत्री दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिए। सोही बेला मनाङका सागर मगर पेनाल्टीमा चुके।
२४औं मिनेटमा सागरले नै मनाङलाई खेलमा फर्काए। तर, दोस्रो हाफमा अनिश थापामगर, सुदीप लामा र कृष्णबहादुर आलेले गोल गर्दै संकटालाई सानदार जित दिलाए।