काठमाडौं। थोमस सौसेक र आरोन वान–बिसाकाको गोलको मद्दतमा वेस्ट ह्यामले सेन्ट जेम्स पार्कमा सोमबार राति वेस्ट ह्यामलाई इङ्लिस प्रिमियर लिगमा २–० गोलअन्तरले पराजित गरेको छ।
वेस्ट ह्याम १४औं स्थानमा उक्लिएको छ र प्रशिक्षक जुलेन लोपेटेगुईमाथिको दबाब कम भएको छ। लन्डन क्लबले फितलो प्रदर्शन गर्दै आएको थियो। यो १२ खेलमा चौथो जित हो। यता, यो हारसँगै न्यूक्यासलको तीन खेलको विजयी यात्रा समाप्त भएको छ। साउदी अरेबियाको स्वामित्वमा रहेको क्लब शीर्ष चारका टोलीभन्दा चार अंकले पछि रहँदै १०औं स्थानमा छ।
वेस्ट ह्याम जितको लायक थियो। तर, घरेलु टोलीविरुद्ध तीन अंक सुस्त डिफेन्सले दिएको हो। १०औं मिनेट सौसेकले कर्नरमा आएको बलमा गो गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए।
दोस्रो हाफको आठ मिनेटपछि कप्तान जारोड बोवेनले बिसाकालाई पेनाल्टी बक्सभित्र लडाएका थिए। सोही पेनाल्टीमा उनले गोल गर्दै टोलीको जित पक्का गरे।