काठमाडौं। लिग लिडर नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सोमबार थ्रीस्टार क्लबसँग पराजित भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारसँग पुलिस १–० ले पराजित भएको हो। योसँगै पुलिसले दोस्रो स्थानको न्युरोड टिम (एनआरटी)सँग अंक दूरी चारमा पुर्याउने अवसर गुमाएको छ।
पुलिसको १२ खेलबाट २६ अंक छ। समान खेल खेलेको एनआरटीको २५ अंक छ। तेस्रो स्थानको थ्रीस्टारको पनि समान २२ अंक छ। थ्रीस्टारको जितमा ६१औं मिनेटमा रोमन श्रेष्ठले गोल गरेका थिए। उक्त गोल नै खेलको निर्णायक बन्यो।