जोकोभिक अष्ट्रेलियन ओपनको सेमीफाइनलमा
बुधबार, ०९ माघ २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा बुधबार भएको क्वाटरफाइनलमा जापानका केइ निशिकोरीलाई हराउदै जोकोभिक अन्तिम चारमा पुगेका हुन् ।
मेलबर्न पार्कमा थाई चोटका कारण निशिकोरी दोस्रो सेटमा रिटायर्ट भएपछि ६ पटकको च्याम्पियन सर्बियन जोकोभिकले सेमिफाइनलमा स्थान बनाएका हुन् । निशिकोरी रिटायर्ड हुनुअघि जोकोभिक ६-१ र ४-१ को सेटले अघि रहेका थिए ।
अब जोकोभिकले फाइनल प्रवेशका लागि लुकास पाउलेसंग खेल्नेछन् ।
महिलातर्फ अमेरिकी सेरेना विलियम्स क्वाटरफाइनलबाट बाहिरिएकी छिन् ।








-1771251202949.avif&w=3840&q=75)





%20(1)-1771145193825.jpeg&w=3840&q=75)
