काठमाडौं। साउथह्याम्पटनसँग जित निकाल्दै लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँगको अंक दूरी लम्बाएको छ।
आइतबार भएको खेलमा लिभरपुलले ३–२ को रोमाञ्चक जित हासिल गरेको हो। जितसँगै लिभरपुलले सिटीसँग आठ अंकको अग्रता बनाएको छ। १२ खेल खेलेको लिभरपुलले सिटीसँग भिड्नुअघि ३१ अंक जोडेको छ। समान खेल खेलेको सिटी २३ अंकसहित दोस्रो स्थानमा छ।
सिटीले शनिबार घरेलु मैदानमा टोटनह्यामसँग ४–० को हार बेहोरेको थियो। २–१ ले पछि परेको अवस्थामा ६५औं मिनेटमा इजिप्टका फरवार्ड मोहम्मद सलाहले रायन ग्रेभेनबर्चको पासमा गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए। ८३ औं मिनेटमा उनले नै पेनाल्टीमा गोल गर्दै जित पक्का गरे।