एजेन्सी । फिफा विश्वकप फुटबलमा सेनेगलविरुद्ध जापानले खेल २ - २ को बराबरी बनाएको छ ।
एक्टेरीङबर्ग स्टेडियममाखेलको ७८ औं मिनेटमा होन्डाले गोल गर्दै जापानलाई २ -२ को बराबरीमा ल्याएका हुन् ।
यसअघि सअघि खेलको ११ औं मिनेटमा साडियो मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन् । जापानको किपरले पन्च गरेर क्लियर गर्न खोजेको बल मानेलाई ठोक्किएर गोल भएको थियो । तर, खेलको ३४ औं मिनेटमा ताकासीले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याएका थिए ।
पहिलो हाफ १ - १ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सेनेगलले अग्रता बनाएको हो । सेनेगलका मौसा वागुएले खेलको ७१ औं मिनेटमा गोल गर्दै सेनेगललाई २ - १ को अग्रता दिलाएका हुन् । १९ बर्षीय उनको यो राष्ट्रिय टोलीका लागि पहिलो गोल हो ।
जारी खेलमा दुवै टोली ३ अंक प्राप्त गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । र, पहिलो खेलको जितले दुवै उत्साहित रहेका छन् ।दुवै टोली ३ अंक जोड्दै नकआउट चरणमा पुग्न चाहन्छ ।
एसियाली पावर हाउस जापानले पहिलो खेलमा कोलम्बियालाई २ - १ ले पराजित गरेको थियो । सेनेगलले पोल्याण्डलाई २ - १ ले नै हराएको थियो ।