ज्याक्सन र फर्नान्डेजकाे गाेलमा चेल्सीकाे जित

काठमाडौं। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोलसँगै चेल्सीले शनिबार इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ।
अन्तर्राष्ट्रिय ‘ब्रेक’ अघि आर्सनललाई १–१ को बराबरीमा रोक्न सफल चेल्सीको प्रिमियर लिगमा यो छैटौं जित हो। तेस्रो स्थानमा रहेको चेल्सीले १२ खेलमा २२ अंक पु¥याएको छ।
यता, पराजित लेस्टरलाई रेलिगेसनको डर थपिएको छ। समान खेलबाट १० अंक जोडेको लेस्टर १६औं स्थानमा छ। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। फलतः १५औं मिनेटमै ज्याक्सनको गोलमा चेल्सी अग्रता बनाउन सफल भयो। उनले एन्जोको क्रसलाई सदुपयोग गरे।
पहिलो हाफमै १–० ले पछि परेको लेस्टरले चेल्सीलाई त्यसपछि पनि रोक्न सकेन। ७८औं मिनेटमा एन्जोले नै अर्काे गोल थपे। उनले रिबाउन्डमा गोल गरेका हुन्। इन्जुरी समयमा जोर्डन अय्युले पेनाल्टीमा गोल गरे पनि लेस्टरलाई जितका लागि पर्याप्त हुन सकेन।













-1763904378702.png&w=3840&q=75)