‘बी’ डिभिजन लिग माघमा
बिहिबार, ०६ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। करिब तीन वर्षपछि सहिद स्मारक ‘बी’ डिभिजन लिग हुने भएको छ।
पछिल्लोपल्ट २०७८ फागुनदेखि चैतसम्म यो लिग भएको थियो। त्यसयता पटकपटक लिगको मिति तय गर्दै रद्द हुँदै आएको थियो।
तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र क्लबका पदाधिकारीहरुबीचको संयुक्त बैठकले नयाँ मिति तय गरेको हो।
एन्फाका अनुसार लिग आगामी माघ १३ गतेदेखि सञ्चालन हुनेछ। एन्फाका अनुसार मंसिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने छ। पुष १३ गते खेल तालिका प्रकाशन गरिने छ।
लिगका केही खेल दशरथ रंगशाला र बाँकी खेल एन्फा कम्पलेक्समा हुने पनि एन्फाले जनाएको छ।













-1763904378702.png&w=3840&q=75)