काठमाडौं। थ्रीस्टार क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मनाङ मर्स्याङदी क्लबमाथि संघर्षपूर्ण जित हासिल गरेकाे छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएकाे खेलमा थ्रीस्टार १-० ले विजयी भएकाे हाे। जितसँगै ११ खेलमा १९ अंक जोडेको थ्रीस्टार तेस्रो स्थानमा उक्लिएकाे छ। पराजित मनाङ समान खेलबाट समान अंकका साथ चौथो स्थानमा छ।
सुनिल स्याङ्ताङले गरेको एकमात्र गोल थ्रीस्टारलाई जित दिलाउन पर्याप्त बन्यो। उनले दोस्रो हाफको सुरुआतमै गोल गरेका थिए।