सेरेना बाहिरिइन्, ओसाका सेमिफाईनलमा
बुधबार, माघ ९, २०७५खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकन खेलाडी सेरेना विलियम्स अष्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएकी छिन् ।
बुधबार भएको क्वाटरफाइनलमा कारोलिना प्लिस्कोभासंग पराजित हुँदै सेरेना प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
मेलबर्न पार्कमा पुर्व विश्व नम्बर एक सेरेना सातौ वरियताकी चेक खेलाडी प्लिस्कोभासंग ६-४, ४-६ र ७-५ को सेटमा पराजित भईन् ।
२४ पटकको ग्राण्डस्लाम विजेता सेरेनालाई हराएसंगै प्लिस्कोभाले अब सेमिफाइनलमा जापानकी नोआमी ओसाकासंग खेल्नेछिन् ।

ओसाकाले एलिना स्विटोलिनालाई ६-४ र ६-१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)








