काठमाडौं। वैकल्पिक खेलाडी काडिडियाटौ डियानीको दुई मिनेटमा दुई गोलको मद्दतमा लियोनले रोमामाथि ४–१ को जित निकाल्दै महिला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको हो।
७७औं र ७९औं मिनेटमा फ्रान्सका अनुभवी फरवार्ड डियानीले गोल गरेकी थिइन्। त्यसअघि रोमाले ७४औं मिनेटमा जिउलिया ड्रागोनीको गोलमार्फत सुरुआती अग्रता लिएको थियो।
समूह ‘बी’ मा चेल्सी र रियाल मड्रिड जित निकाल्दै लियोनसँगै नकआउट चरणमा प्रवेश गरेका छन्। लियोनले चार खेलबाट शतप्रतिशत जित निकाल्दै १२ अंक जोड्यो, जुन दोस्रो स्थानमा रहेको वुल्फ्सबर्गको भन्दा ६ अंक बढी हो।