एनआरटीकाे साताैं जित
बुधबार, ०५ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। न्युरोड टिम (एनआरटी) ले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सातौं जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा बुधबार भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई ३–० ले पन्छाएको हो।
जितसँगै ११ खेलमा २२ अंक जोडेको एनआरटी दोस्रो स्थानमा कायम रहेको छ। पराजित सातदोबाटो समान खेलबाट चार अंकका साथ पुछारमा छ ।
खेलको ११औं मिनेटमा इशान साहको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो। त्यसको चार मिनेटपछि इशानले नै टोलीको अग्रता दोब्बर बनाए।
निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा राजन बूढाले गोल गर्दै एनआरटीलाई सहज जित दिलाए।













-1763904378702.png&w=3840&q=75)