काठमाडौं । दशाैँ संस्करणको सिमरा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा आज (बुधबार) बिभागीय क्लब त्रिभुवन आर्मी र आयोजक नवजनजागृती क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी र आयोजन नवजनजागृति भिड्न लागेका हुन् ।
खेल सिमरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ । दुवै टोली जित हासिल गर्दै प्रतियोगिताको फाईनल पुग्ने लक्ष्यमा हुनेछन् ।
विजेताले उपाधिका लागि हिमालयन शेर्पा र थ्री स्टारबीचको बिजेतासंग खेल्नेछ ।
मंगलबार भएको खेलमा संकटा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सेमिफाइनल यात्रा तय गरेको थियो ।
राजधानीमा हालै सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी चौथो स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो ।
बिरगंजमा भएको बिशाल मेमोरियल गोल्डकपको उपाधि जितेको आर्मी सिजनको दोस्रो मोफसलको उपाधिको खोजीमा छ ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद सहिद ट्रफि प्राप्त गर्नेछ ।