यु–१९ साफ च्याम्पियनसिप भारतमा
बुधबार, ०५ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। यु–१९ पुरुष साफ च्याम्पियनसिप भारतले आयोजना गर्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बुधबार बसेको चौथो भर्चुअल बैठकले भारतलाई प्रतियोगिता आयोजना गर्न दिने निर्णाय गरेको हो।
यु–१९ तर्फ यो तेस्रो संस्करण आयोजना हुन लागेको हो। यसअघि नेपाल र भारतले दुईपल्ट यो उमेर समूहका प्रतियोगिता आयोजना गरेको थियो। सन् २०१५ मा भएको पहिलो संस्करणको फाइनलमा भारतलाई पराजित गर्दै नेपालले उपाधि जितेको थियो।
२०२३ मा भएको अर्को प्रतियोगिता भने भारतले आयोजना गर्दै उपाधि आफैंले सुरक्षित गर्यो। यसपल्ट प्रतियोगिता नोभेम्बर ५–१५ सम्म हुने साफले जनाएको छ।













-1763904378702.png&w=3840&q=75)