काठमाडौं। अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा तीन खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा आशिष राई, अभिषेक वाइबा र रनदीप पौडेलले डेब्यु गराएका हुन्।
अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानले ताजनिकस्तान र अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि चार नयाँ खेलाडी टोलीमा समावेश गरेका थिए। तीमध्ये युवा फरवार्ड नीराजन धामीले घरेलु टोली ताजिकिस्तानसँगको खेलमा डेब्यु गरेका थिए।
नेपाललाई साफ यु–२० च्याम्पियनसिपमा फाइनल पुर्याउन तीन गोल गरेका नीराजनले ७४औं मिनेटमा जेलेस्पीजंघ कार्कीको स्थान लिएका थिए। उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो।
प्रशिक्षक न्यौपानेले तीन खेलाडीलाई दोस्रो हाफको इन्जुरी समयमा डेब्यु गराए। डिफेन्डर अभिषेक र अट्याकिङ मिडफिल्डर आशिष ९५औं मिनेटमा मैदान प्रवेश गरेका थिए। यस्तै, लेफ्ट ब्याक रनदीपले भने केही सेकेन्डमात्रै मैदानमा बिताउन पाए। नीराजन भने ९३औं मिनेटमा जेलेस्पीको स्थान मैदान प्रवेश गरेका थिए। नेपालले उक्त खेल २–० ले जितेको थियो। नेपालको जितमा जेलेस्पी र रोहित चन्दले गोल गरे।
‘सबैलाई खेल्ने वातावरण, ठूला टिमसँग खेल्दाको प्रेसर र अनुभव होस् भनेर सबैलाई खेल्ने अवसर दिएको हो,’ प्रशिक्षक न्यौपानेले भने।