एएफसी महिला एसियन कप छनोट जुनदेखि
आइतबार, ०२ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। एसियाकै प्रतिष्ठित महिला प्रतियोगिता एएफसी एसियन कप २०२६ को छनोट जुनदेखि सुरु हुने भएको छ।
एएफसी महिला फुटबल कमिटीको तेस्रो बैठकले छनोट प्रतियोगिता जुन २३ देखि जुलाई ५ सम्म आयोजना गर्ने तय गरेको हो। एएफसीका अनुसार छनोटका खेलहरू अन्तर्राष्ट्रिय विन्डोमा हुनेछ।
एएफसी महिला एसियन कप सन् २०२६ को मार्च १ देखि २१ सम्म अस्ट्रेलियाका सिड्नी, पर्थ र गोल्ड कोस्टमा आयोजना हुने तय छ। अस्ट्रेलिया र न्युजिल्यान्डले सन् २०२३ को फिफा महिला विश्वकप सयुक्त रूपमा आयोजना गरेका थिए।
स्पेन र इङ्ल्यान्डबीचको फाइनलसहित प्रतियोगिताको उद्घाटन र तीन नकआउट खेल अस्ट्रेलियामा भएका थिए।













-1763904378702.png&w=3840&q=75)