काठमाडौं। फ्लोरियन विर्ट्ज र टिम क्लेनडिएन्स्टको दुई–दुई गोलको मद्दतमा जर्मनीले शनिबार पाहुना टोली बोस्निया एन्ड हर्जेगोभिनालाई ७–० ले पराजित गरेको छ। योसँगै जर्मनी नेसन्स लिगको समूह ‘ए ३’ को शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतियोगिताको अर्को वर्ष हुने क्वाटरफाइनलमा पुगिसकेको जर्मनीको १३ अंक छ भने नेदरल्यान्ड्स आठौं स्थानमा छ। लगातारको उत्कृष्ट नतिजासँगै जर्मनी सन् २०२६ को विश्वकपअघि आफूलाई अन्तर्राष्ट्रिय शक्तिका रूपमा पुनः स्थापित गर्न आतुर छ ।
जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले भने, ‘हामीलाई खेलबाट कुनै चोट पटक लागेको छैन। हाम्रो काउन्टर प्रेसिङ असाधारण रूपमा राम्रो थियो। यति गहिराइमा बसेको प्रतिद्वन्द्वीविरुद्ध सात गोल गर्नु ठूलो कुरा हो।’
समूह चरणको अन्तिम खेलमा हंगेरीको सामना गर्न बुडापेस्ट पुग्नुअघि जर्मनीले ९० सेकेन्डपछि जमाल मुसियालाको हेडरमार्फत गोल गर्दै अग्रता लिएको थियो। बायर्न म्युनिखका आक्रामक मिडफिल्डरले क्लब र देशका लागि लगातार तेस्रो खेलमा गोल गरे।
२३औं मिनेटमा रोबर्ट एन्ड्रिचको पासमा स्ट्राइकर क्लेनडिएन्स्टले पहिलो गोल गर्दै जर्मनीलाई अग्रता दोब्बर बनाए। ३७ औं मिनेटमा काई हाभर्ट्जले अर्को गोल गरे। दोस्रो हाफको पाँच मिनेटमै विर्ट्जको फ्रिकक प्रहार बोस्नियाका गोलकिपर निकोला भासिल्जले बचाउन सकेनन्।
बोस्नियाका डिफेन्स पूर्ण रूपमा अस्तव्यस्त भएको थियो र आफ्ना प्रतिद्वन्द्वीहरूको गतिलाई सम्हाल्न असमर्थ रहे। जर्मनीले सहज हुने कुनै संकेत देखाए र निरन्तर आक्रामण बुनिरह्यो। ५७ औं मिनेटमा विर्ट्जले व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौं गोल गरे। त्यसको ९ मिनेटपछि वैकल्पिक खेलाडी लेरोय सानेले गोल गर्दै जर्मनीको अग्रता ६–० मा पुर्याए। ७९औं मिनेटमा क्लिनडिएन्स्टले गोल गर्दै बोस्नियालीलाई ७–० को हार चखाए।