काठमाडौं। पाउल पोग्बा आगामी महिनाबाट युभेन्ट्सका खेलाडी नहुने भएका छन्।
युभेन्ट्सले गत महिना डोपिङका कारण प्रतिबन्ध फुकुवा गरिए पनि पोग्बासँग सम्झौता रद्द गर्न आपसी सहमति भएको घोषणा गरेको छ। डोपिङको प्रतिबन्ध चार वर्षबाट घटाएर १८ महिनामा झारिए पनि सिरी ‘ए’ क्लब पोग्बालाई स्वागत गर्न उत्साही देखिएको थिएन।
सन् २०२५ को मार्चमा आफ्नो करियर सुरु गर्न स्वतन्त्र हुने ३१ वर्षीय पोग्बाले युभेन्ट्सका लागि फेरि खेल्नका लागि पैसा दिन तयार रहेको बताएका थिए। इटालीको एन्टी डोपिङ कोर्टले युभेन्ट्सका मिडफिल्डर पोग्बालाई सबैभन्दा बढी सजाय सुनाएको थियो।
तर क्यास न्यायाधीशले पोग्बाको प्रतिबन्ध कटौती गरे। युभेन्ट्ससँग पोग्बाको सम्झौता सन् २०२६ को जुनमा सकिँदै थियो।
सन् २०१६ मा युभेन्ट्सबाट १०करोड ५० लाख युरो (११ करोड ३० लाख अमेरिकी डलर) मा म्यानचेस्टर युनाइटेडमा आबद्ध हुँदा उनी इतिहासकै सबैभन्दा महँगा फुटबल खेलाडी बनेका थिए।
उनले सन् २०१८ मा फ्रान्सलाई विश्वकप जिताएका थिए भने त्यसको चार वर्षपछि युभेन्ट्समा फ्रि एजेन्टका रुपमा फर्किएका थिए।