काठमाडौं। क्रिस्टियानो रोनाल्डोको पेनाल्टी र ‘ओभरहेड किक’को मद्दतसँगै पोर्चुगलले पोल्यान्डलाई ५–१ ले पराजित गर्दै नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।
पोर्टोमा रोनाल्डोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे। पोर्चुगलले पोल्यान्डलाई हराउन समय निकालेको थियो। तर, अन्तिम १० मिनेटमा तीन गोल गर्दै पोर्चुगल सानदार जित हासिल गर्न सफल भएको हो।
दोस्रो हाफको १४औं मिनेटमा राफेल लेओले हेडरमार्फत गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाए। त्यसको १३ मिनेटपछि रोनाल्डोले पेनाल्टीमार्फत १३४औं अन्तर्राष्ट्रिय गोल गरे।
ब्रुनो फर्नान्डेजले करिब ३० मिटर बाहिरबाट तेस्रो गोल गरे। त्यसको तीन मिनेटपछि रोनाल्डोको पासमा पेड्रो नेटोले गोल गर्दै टोलीको अग्रता ४–० मा पुर्याए। खेल सकिन तीन मिनेट बाँकी छँदा रोनाल्डोले गोल गर्दै पाँचमा पुर्याए भने आफ्नो अन्तर्राष्ट्रिय गोल १३५ मा पुर्याए।
यद्यपि डोमिनिक मार्कजुकले ढिलो गरी सान्त्वना गोल फर्काए। यो नतिजाले क्वार्टरफाइनलमा पुग्ने पोल्यान्डको आशा समाप्त भयो। क्रोएसिया ग्लास्गोमा पराजित भएसँगै रोबर्टो मार्टिनेजको टोली समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।
पोर्चुगलले पाँच खेलबाट १३ अंक पुर्याएको छ। दोस्रो स्थानको क्रोएसियाको समान खेलबाट सात अंक छ।