काठमाडौं। सुरुआती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा पाराग्वेसँग पराजित भएको छ। शुक्रबार बिहान भएको खेलमा विश्वविजेता अर्जेन्टिना २–१ ले पराजित भएको हो।
योसँगै शीर्ष स्थानमा रहेको अर्जेन्टिनाको ११ खेलबाट २२ अंक यथावत् छ। समान खेलबाट १६ अंक जोडेको पाराग्वे भने छैटौं स्थानमा छ।
खेलको ११औं मिनेटमै लाउटारो मार्टिनेजले अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। तर, त्यसपछि खेलमा पाराग्वे हाबी भयो।
त्यसको आठ मिनेटमै एन्टेनियो सानाब्रियाले खेल बराबरीमा ल्याए। दोस्रो हाफको दोस्रो मिनेटमै उमर एल्डेरेटेले अर्को गोल थपेपछि अर्जेन्टिना स्तब्ध हुन पुग्यो।