काठमाडौं। चर्च व्बाइजमाथि सहज जित हात पार्दै मच्छिन्द्र फुटबल क्लब ललित स्मृति एन्फा यु– १८ युथ लिगको तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको दोस्रो खेलमा मच्छिन्द्र २–० ले विजयी भएको हो। जितसँगै मच्छिन्द्रले ९ खेलबाट १८ अंक पुर्याएको छ। तर, गोलसँगको आधारमा मच्छिन्द्र मनाङ मर्स्याङ्दीसँग पछि परेको छ।
मनाङ बुधबार यही मैदानमा भएको खेलमा लिग लिडर नेपाल पुलिस क्लबसँग ७–० ले पराजित गरेको थियो। छैटौं स्थानमा रहेको चर्च व्बाइजको समान खेलबाट १३ अंक छ।
खेलको २२औं मिनेटमै कविर तामाङले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाए। त्यसको सात मिनेटपछि प्रशान्त मेन्यान्बोले अर्को गोल गर्दै मच्छिन्द्रलाई सहज जित दिलाए।