काठमाडौं। दिगविजय शाहीको ह्याट्रिकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले ललित स्मृति एन्फा यु– १८ युथ लिगमा दोस्रो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा आर्मीले सातदोबाटो युथ क्लबलाई ४–० ले हराएको हो।
जितसँगै आर्मीले ९ खेलबाट सात अंक पुर्याएको छ। यद्यपि, आर्मी १०औं स्थानमा यथावत छ। एक स्थान तल रहेको सातदोबाटोको समान खेलबाट चार अंक छ।
विजयले पहिलो हाफको २० मिनेटभित्रै दुई गोल गरेका थिए। ५४औं मिनेटमा दक्क्ष लामाले अर्को गोल थप्दै आर्मीको अग्रता ३–० मा पुर्याए। त्यसको पाँच मिनेटपछि नै विजयले गोल गर्दै ह्याट्रिक पूरा गरे।