काठमाडौं। शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मनाङ मर्स्याङ्दीमाथि फराकिलो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको दोस्रो खेलमा पुलिसले मनाङलाई ७–० ले हराएको हो। जितसँगै पुलिसले ९ खेलबाट २३ अंक पुर्याएको छ। दोस्रो स्थानको मनाङको ९ खेलबाट १८ अंक छ।
पुलिसको जितमा आदित्य ढुंगेलले ह्याट्रिक पूरा गरे। यस्तै, विक्रम गौतमले दुई गोल गर्दा लक्ष्मण थामी र साजनराज गौतमको नाममा समान एक गोल रह्यो।