काठमाडौं । स्पर्श तिमिल्सना र अद्रित नेपाल १६ औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
यु–९ ब्वाइज सिंगल्सको सेमिफाइनलमा स्पर्शले सम्खाहाङ राईलाई ४–२ र ५–३ तथा अद्रितले हिमेशराज गिरीलाई ४–१ र ४–० को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको गल्र्समा नाला मास्केले साम्राज्ञी लामालाई ४–२, ३–५ र १०–७ तथा प्राज्णा मानन्धरले युरन जियाङलाई ४–० र ४–० ले हराउदै उपाधि भिडन्त पक्का गरे ।
यु–१२ ब्वाइज सिंगल्समा प्रणव मानन्धरले जेड आले मगरलाई ६–४ र ६–२, स्लोक कजेर खड्काले सक्षमकुमार गुप्तालाई ६–० र ६–०, आयुशमान हजुर घलेले बेदाङ गौतमलाई ६–० र ६–०, राजवीर प्रधानले निशाद जोशीलाई ६–१ र ६–०, सक्षमविक्रम शाहले बोरिस अधिकारीलाई ६–० र ६–१, सरोज तामाङले श्रृजन भट्टराईलाई ६–० र ६–०, रुसात अरोराले साश्वत वज्राचार्यलाई ६–२ र ७–५ तथा ऋद्भिक कार्कीले निश्चल कायश्थलाई ६–४ र ६–३ को सीधा सेटमा पाखा लगाउदै क्वाटरफाइनलमा पुगे ।
यु–१० गल्र्स सिंगल्समा समृद्धि महर्जनले कर्मिस्था श्रेष्ठलाई ६–१ र ६–४, अर्निका थापाले आर्या भर्गिसलाई ६–१ र ७–५, शैभी ढकालले आइसानी बटाजुलाई ६–० र ६–१ त्था प्रतिष्ठा लामाले नाला मास्केलाई ६–२ र ६–० ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए ।
यु–१२ गल्र्स सिंगल्समा प्रशंसा मोक्तानले अर्निका थापालाई ६–० र ६–० तथा इभा अधिकारीले प्रतिष्ठा लामालाई ६–१ र ६–१ को सोझो सेटमा निराश पार्दै सेमिफाइनल यात्रा तय गरे ।
ब्वाइज डबल्समा जेड आले मगर र सौगात विक, प्रीतम परियार र आयुशमान हजुर घले तथा चिराग तिमिल्सना र राजवीर प्रधानको जोडी आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।