काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिम दुई मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नको लािग आइतबार ताजिकिस्तान प्रस्थान गर्दैछ, जहाँ नेपालले घरेलु टिम ताजिकिस्तान र अफगानिस्तनविरुद्ध खेल्दैछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ र मुख्य प्रशिक्षक नवीन न्यौपानेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै ताजिकिस्तान जाने नेपाली टिमलाई शनिबार गरे।
रमेश कुमार कार्की व्यावस्थापक रहेको नेपाली टिम काठमाडौंबाट चन्द्रगढी झापा, बागडोग्रा (भारत), नयाँ दिल्ली हुँदै सोमबार खेल हुने स्थान डुसान्बे पुग्ने एन्फाले जनाएको छ।
नेपाली पुरुष टिमले सामना गर्न लागेका दुवै टिम माथिल्लो स्तरका हुन् र दुवै प्रतिस्पर्धी फिफा वरीयतामा पनि नेपालभन्दा माथि छन्। एसियन कपको पछिल्लो संस्करणमा सनसनी मच्चाउँदै क्वाटरफाइनल पुगेको ताजिकिस्तानविरुद्ध कार्तिक २८ गते वुधबार प्रतिस्पर्धा गरेपछि नेपालले ११ वर्षअघि दशरथ रंगशालामा साफ च्याम्पियन भएको अफगानिस्तानविरुद्ध मंसिर १ गते शनिबार खेल्नेछ।