काठमाडौं। मुख्य प्रशिक्षक जोसे माउरिन्होलाई एक खेलको प्रतिबन्ध लागेको छ।
टर्किस फुटबल फेडेरेसनलको अनुशासनात्मक बोर्डले फेनेरबाहेस प्रशिक्षक माउरिन्होलाई अनुशासनात्मक बोर्डले माउरिन्हो रेफ्री र अन्य म्याच अफिसियलको निष्पक्षतामाथि प्रश्न उठाएको भन्दै एक खेलमा प्रतिबन्ध र ९ लाख टर्की लीरा (२६ हजार २ सय अमेरिकी डलर) जरिवाना गरेको हो।
यो प्रतिबन्धसँगै माउरिन्होलाई आफ्नो टोलीको लकर रुममा प्रवेश गर्नबाट पनि बञ्चित गर्नेछ। फेनेरबाचेले आइतबार सिवास्पोरलाई अतिथ्यता गर्नेछ।