पथरी। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बूलाई गृहनगरमा सम्मान गरिएको छ।
उनलाई पथरी ११ फुटबल क्लबले शुक्रबार २५ हजार रुपैयाँसहित सम्मान गरेको हो। साफ च्याम्पियनसिप नेपाललाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सरुलाई सम्मान गरिएको क्लबले जनाएको छ।
सम्मान कार्यक्रममा क्लबका अध्यक्ष सुमन विक र सचिव केशर राईले नगद र सम्मानपत्र प्रदान गरेका थिए। सरु पथरीशनिश्चरे नगरकी स्थायी बासिन्दा हुन्।