एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा सोमबार भएको चौथो चरणको खेलमा १५ औ वरियताका डानील मेडभेडेवलाई हराएर जोकोभिकले अन्तिम आठको यात्रा तय गरेका हुन् ।
मेलबर्न पार्कमा ६ पटकको च्याम्पियन सर्बियन जोकोभिकले रुसका मेडभेडेवलाई ६-४,६-७ (५-६), ६-२ र ६-३ को सेटमा पराजित गरे ।
योसंगै जोकोभिक सन् २०१६ पछि पहिलो पटक अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा प्रवेश गर्न छन् । अब जोकोभिकले जापानका केइ निशिकोरीसंग खेल्नेछन् ।
निशिकोरीले स्पेनका पाब्लो कार्रेनो बुस्टालाई हराएर क्वाटरफाइनलमा पुगेका हुन् ।
महिलातर्फ अमेरिकी सेरेना विलियम्सले क्वाटरफाइनलको यात्रा तय गरेकी छिन् । चौथो चरणमा विश्व नम्बर एक रोमानियाकी सिमोना हालेपलाई ६-१ ,४-६ र ६-४ को सेटमा हराएर क्वाटरफाइनलको यात्रा तय गरेकी हुन् ।