एजेन्सी । जापानकी युएस ओपन च्याम्पियन नोआमी ओसाका अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको चौथो चरणको खेलमा लाट्भियाकी अनास्तासिजी सेभासतोभालाई हराएर ओसाकाले क्वाटरफाइनलको यात्रा तय गरेकी हुन् ।
चौथो वरियता प्राप्त ओसाकाले सेभासतोभालाई ४-६,६-३ र ६-४ को सेटमा पराजित गरिन् । अब ओसाकाले क्वाटरफाइनलमा एलिना स्वीटोलिनासंग प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषतर्फ चौथो वरियताका एलेक्जेन्डर जेभरेभ चौथो चरणबाट बाहिरिएका छन् । जेभरेभ क्यानाडाका मिलोस रावनिकसंग ६-१,६-१ र ७-६(७-५) ले पराजित भए ।
चौथो चरणबाट बाहिरिएपछि जेभरेभले रिसमा कोर्टमै र्याकेट भाचेका थिए ।