एजेन्सी । फिफा विश्वकप फुटबलमा आजको दोस्रो खेलमा अहिले एसियन राष्ट्र जापान र दक्षिण अफ्रिकी राष्ट्र सेनेगलबीच प्रतिस्पर्धा भईरहेको छ ।
एक्टेरीङबर्ग स्टेडियममा दुवै टोली ३ अंक प्राप्त गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । र, पहिलो खेलको जितले दुवै उत्साहित रहेका छन् ।दुवै टोली ३ अंक जोड्दै नकआउट चरणमा पुग्न चाहन्छ ।
एसियाली पावर हाउस जापानले पहिलो खेलमा कोलम्बियालाई २ - १ ले पराजित गरेको थियो । सेनेगलले पोल्याण्डलाई २ - १ ले नै हराएको थियो ।