एजेन्सी । साबिकको विजेता तथा स्विस टेनिस स्टार रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएका छन् ।
आइतबार भएको चौथो चरणको खेलमा १४ औ वरियता प्राप्त ग्रीसका स्टेफानोस सिट्सीपाससंग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।
मेलबर्न पार्कमा भएको खेलमा तेस्रो वरियताका फेडेरर स्टेफानोससंग ६-७ (११-१३) ७-६(७-३) ७-५ र ७-६ (७-५) को सोझो सेटमा पराजित भए ।
योसंगै ६ पटकको च्याम्पियन फेडेरर १६ वर्षपछि अष्ट्रेलियन ओपनको अन्तिम आठमा पुग्न असफल भए छन् ।
अब स्टेफानोसले क्वाटरफाइनलमा स्पेनिस खेलाडी रोबर्टो बाटिष्टासंग खेल्नेछन् । उनले मारिन सिलिकलाई हराएर अन्तिम आठको यात्रा तय गरेका हुन् ।