एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत पानामाविरुद्धको खेलमा इंग्ल्यान्डले गोल बर्षा गरेको छ । पहिलो हाफमा इङ्ल्याण्डले ५–० को अग्रता बनाएको छ ।
नोभगोरोड स्टेडियमा इंग्ल्यान्डका स्टोनले खेलको आठौ मिनेटमा हेड गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको २१ औ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इङ्लिस टोलीको अग्रतालाई दोब्बर पारेका थिए ।
३६ औ मिनेटमा लिङ्गार्डले गोल गर्दै इङ्ल्याण्डलाई ३–० को स्थितीमा पु¥याए । स्टोनले ४० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फराकिलो अन्तरको अग्रता निकालेका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा केनले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै इङ्ल्याण्डलाई ५–० को अग्रता दिलाए । समूह जी मा रहेको इंग्ल्यान्डले ३ अंक जोडेको छ भने पानामा अंकबिहिन रहेका छन् । इंग्ल्यान्डले पहिलो खेलमा ट्युनिसियालाई २–१ ले हराएको थियो ।
पानामा भने बेल्जियमसँग ३–० ले पराजित भएको थियो ।