योहान कालिन नेपाली फुटबलका लागि नयाँ नाम होईन । २०७० सालमा मछिन्द्र क्लब हेरेका कालिनलाई त्यही समय धेरैले समय राष्ट्रिय फुटबल टिमको प्रशिक्षक देख्न चाहेका थिए । मछिन्द्रको लय र नतिजाले धेरै फुटबल पारखीको मन लोभ्याएको थियो । सनसनीपुर्ण प्रर्दशन गर्दै मछिन्द्र त्यो सिजन लिगको उपविजेता बनेको थियो । घरेलु फुटबलमा कालिनले प्राप्त गरेको सफलता साच्चिकै लोभलाग्दो थियो ।
खेलाडीको क्षमता बुझ्ने र सोही अनुसारको रणनीति बुन्न खप्पिस कालिन अब नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको नियुक्त भएका छन् । एन्फामा नयाँ नेतृत्वको आगमनसंगै विदेशी प्रशिक्षकको खोजी सुरु भएको थियो । तर सबैको रोजाईमा कालिनकै तस्विर घुमेको थियो ।
पछिल्लो समय घरेलु र अन्तराष्ट्रिय जगतमा ओरोलो लागेको नेपाली फुटबललाई उकास्ने जिम्मेवारी कालिनको काँधमा छ । फुटबलको परिवर्तनको नारालाई नतिजाबाट जवाफ दिने ‘ड्राईभर सिट’को जिम्मेवारी कालिनले पाएका छन् ।
एउटा कुरा तय छ, कालिनले दिने नतिजामा एन्फाको वर्तमान नेतृत्वको सफलता निहित रहनेछ ।
सम्भवना र चुनौतीले घेरिएको नेपाली फुटबललाई निकास दिन स्विडेनका कालिन सफल होलान् ? उनको योजना र नेपाली फुटबलको सम्भावनाको बिषयमा खेलपाटीका वरिष्ठ संवाददाता दिपेश तिमलसिनाले मुख्य प्रशिक्षक कालिनसंग कुराकानी गरेका छन् ।
१. नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त हुदाँ कस्तो लागिरहेको छ ?
मलाई खुसी लागिरहेको छ । म यात्रा सुरु गर्न आतुर छु ।
२. तपाई नेपाली फुटबलको स्तरलाई कसरी हेर्नुहुन्छ ?
नेपाली फुटबलले केही कठिन समयको सामना गर्यो । तर नेपाली फुटबल अहिले राम्रो भईरहेको महशुश गर्छु । म नेपाली खेलाडीसंग काम गर्न चाहन्छु । जब म मछिन्द्र क्लबमा थिए, खेलाडीसंगै समर्थकमा समेत जोश देखेको छु ।
३. तपाईको नेतृत्वमा नेपाली फुटबलमा कुन किसिमको परिवर्तन देख्न सकिन्छ ?
यो निकै हतारो हुनेछ । सर्वप्रथम म नेपाली खेलाडीलाई भेट्न चाहन्छु र एन्फासंग बसेर योजना बनाउन चाहन्छु ।
४. तपाईले प्रशिक्षकको रुपमा नेपालमा काम गर्नु अगाडी युरोपमा समेत काम गर्नुभयो । के हामी केही नेपाली खेलाडीलाई युरोपमा देख्न सक्छौ ?
यदी खेलाडीमा क्षमता छ भने उनीहरुलाई युरोपको अवसर सधै खुल्ला छ । उनीहरु एशियाकै बलिया लिगमा समेत अवसर पाउन सक्छन् ।
५. एन्फासंग तपाईको सम्झौता बिषय खुलाउन मिल्छ ?
अनुबन्धनको सबै विवरण एन्फासंग छ, यदी उनीहरु चाहन्छन् भने खुलाउन सक्छन् । तर म सम्झौताबाट खुसी छु ।
६. नेपालका सबै प्रशिक्षकको लक्ष्य साफको उपाधि हुन्छ । तर पछिल्ला दुई दशकमा यो सपना पुरा हुन सकेको छैन । के तपाईसंग कुनै विशेष योजना छ ?
नेपालका लागि साफ पक्कै पनि निकै महत्वपुर्ण प्रतियोगिता हो । कुनै दिन सो उपाधि जित्ने महत्वकांक्षा समेत हुन आवश्यक छ । म भन्दिन कि मसंग कुनै विशेष योजना छ । तर मसंग एउटा दर्शन छ, जसमा मलाई विश्वास छ । हामी एउटा उच्च तहको कडा मेहनत गर्नेछौ । नतिजाका लागि पुरा कोशिश गर्नेछौ ।
७. के तपाई नेपाली फुटबलको पछिल्लो अवस्था बारे अवगत हुनुहुन्छ ?
मलाई नेपाली फुटबल र खेलाडीबारे जानकार हुन आवश्यक छ । किनकी पाँच बर्ष अगाडी मैले नेपालमा काम गरेको थिए । म स्विडेनमा रहदाँ समेत सम्भव भएसम्म नेपाली फुटबललाई हेरिरहेको छु । केही खेल ईन्टरनेटमा समेत हेरेको छु । मलाई नेपाली फुटबलबारे जानकार हुन आवश्यक छ । तर मलाई लाग्छ, नेपालको खेलको बिषयमा मसंग सभ्य विचार छ ।
८. प्रशिक्षकमा नियुक्त गरेसंगै तपाईलाई एन्फाले के लक्ष्य लिएको छ ?
जब म नेपाल आउने छु । त्यसपछि निश्चित लक्ष्य बिषयका कुराकानी गर्नेछु । तर हामीले नेपाली फुटबलको दिर्घकालिन विकासका लागि छलफल गरेका छौ ।
९. तपाई नेपाली फुटबललाई दक्षिण एसिया, एसिया र अन्तराष्ट्रिय फुटबलमा कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
मलाई लाग्छ नेपालमा धरै क्षमतावान खेलाडीहरु छन् । नेपालले पछिल्लो बर्ष साफको सेमिफाईनल सम्म पुग्न सफल भयो । हामी अब त्यहीबाट सुरुवात गर्नेछौ । आशा गरौ, हामी कडा मेहनत र समर्पित भएर नेपालको प्रर्दशनको सुधार गर्नेछौ ।
१०. तपाई नेपाल कहिले आईपुग्नु हुन्छ ?
यो अझै निश्चित भईसकेको छैन । नेपाल जानु अघि स्विडेनमा केही कामहरु सक्न बाँकी छ । सम्भवत नेपाल यात्रा मार्चमा हुनेछ ।
११. अन्तिममा नेपालको नेतृत्वमा हामी साफ जित्न सक्छौ । पछिल्लो समय भारतले फुटबलमा गरेको प्रगतिलाई हामी पछ्याउन सक्छौ ?
म बाचा गर्छु, हामी सुधारका लागि कडा मेहनत गर्नेछौ । र त्यसले कहाँ डोर्याउछ थाहा पाउनका लागि हामीले नतिजा कुर्न पर्ने हुन्छ ।