एजेन्सी । विश्व नम्बर एक रोमानियाकी सिमोना हालेप अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।
मेलबर्नमा बिहिबार भएको दोस्रो चरणको खेलमा अमेरिकी खेलाडी सोफिया किनलाई हराउँदै हालेप तेस्रो चरणमा प्रवेश गरेकी हुन् ।
मेलबर्न पार्कमा हालेपले सोफियालाई ६-३,६-७ (५-७) र ६-४ को सेटमा पराजित गरिन् ।
अब हालेपले तेस्रो चरणमा अमेरिकन भेनस विलियम्ससंग खेल्नेछिन् । भेनस विलियम्सले फ्रान्सकी एलिजा कर्नेटलाई ६-३,४-६ र ६-० को सेटमा हराएर तेस्रो चरणमा स्थान पक्का गरेकी छिन् ।
त्यस्तै जापानकी नोमी ओसाकाले तामरा जिदानसेकलाई ६-२ र ६-४ को सोझो सेटमा हराएर तेस्रो चरणमा स्थान बनाएकी छिन् ।