एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत पानामाविरुद्धको खेलमा इंग्ल्यान्डले २–० को अग्रता बनाएको छ । नोभगोरोड स्टेडियमा इंग्ल्यान्डका स्टोनले खेलको आठौ मिनेटमा हेड गोल गर्दै सुरुवाती अग्रता दिलाए का थिए । खेलको २१ औ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इङ्लिस टोलीको अग्रतालाई दोब्बर पारे ।
समूह जी मा रहेको इंग्ल्यान्डले ३ अंक जोडेको छ भने पानामा अंकबिहिन रहेका छन् । इंग्ल्यान्डले पहिलो खेलमा ट्युनिसियालाई २–१ ले हराएको थियो । पानामा भने बेल्जियमसँग ३–० ले पराजित भएको थियो ।