काठमाडौं । नेपाली कांग्रेसले खेलकुद विभाग प्रमुखमा उमेशजंग रायमाझीलाई मनोनयन गरेको छ ।
केन्द्रिय विभागको प्रमुख मनोनयन गर्ने क्रममा सभापति शेरबहादुर देउवाले खेलकुद विभाग प्रमुखमा रायमाझीलाई मनोनयन गरेका हुन् ।
कांग्रेसले खेलकुद सहित २४ विभाग प्रमुख सोमबार मनोनयन गरेको छ ।
खेलकुद विभागको नेतृत्व पाएका रायमाझी नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री हुन् ।
कांग्रेस केन्द्रिय सदस्य रहेका उनी भोजपुरबाट यसअघि प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए ।