एजेन्सी । फिफा विश्वकप फुटबलमा अहिले इंग्ल्यान्ड र पानामाबीचको खेल सुरु भएको छ
नोभगोरोड स्टेडियमा दुवै टोली ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
समूह जी मा रहेको इंग्ल्यान्डले ३ अंक जोडेको छ भने पानामा अंकबिहिन रहेका छन् । इंग्ल्यान्डले पहिलो खेलमा ट्युनिसियालाई २ - १ ले हराएको थियो । पानामा भने बेल्जियमसँग ३ - ० ले पराजित भएको थियो ।