साबिकको विजेता फेडेरर अष्ट्रेलियन ओपनको तेस्रो चरणमा
बुधबार, ०२ माघ २०७५खेलपाटी संवाददाता

एजेन्सी । साबिकको विजेता तथा स्विस टेनिस स्टार रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
बुधबार भएको दोस्रो चरणको खेलमा बेलायती खेलाडी डान इभान्सलाई हराउँदै फेडेररले तेस्रो चरणमा स्थान बनाएका हुन् ।
मेलबर्नमा भएको खेलमा तेस्रो वरियताका फेडेररलर इभान्सलाई ७-६(७-५),७-६(७-३) र ६-३ को सोझो सेटमा पराजित गरे ।
अब फेडेररले तेस्रो चरणमा गेल मोन्फिल्स र टेलर फ्रिटेजबीचको विजेतासंग खेल्नेछ ।
पाँचौ वरियताका दक्षिण अफ्रिकी खेलाडी केभिन एण्डरसन भने प्रतियोगिताबाट बाहिरिएका छन् । एण्डरसन फ्रान्सिस टिएफोइसंग पराजित भए ।









-1771251202949.avif&w=3840&q=75)





%20(1)-1771145193825.jpeg&w=3840&q=75)