एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा मंगलबार भएको पहिलो चरणको खेलमा अमेरिकाका मिचेल क्रुएगेरलाई ३ - ० को सोझो सेटमा पराजित गर्दै जोकोभिकले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।
मेलबर्न पार्कमा ६ पटकको च्याम्पियन सर्बियन जोकोभिकले मिचेललाई ६-३,६-२ र ६-२ को सेटमा पराजित गरे । अब जोकोभिकले फ्रान्सका विल्फ्रेड सोङगासंग खेल्नेछन् ।
स्विजरल्याण्डका स्टान वावरिन्का भने पहिलो चरणबाट बाहिरिएका छन् । वावरिन्का लाटभियाका गुल्बिसविरुद्ध रिटायर्ड हर्ट भएका हुन् ।