एजेन्सी । ब्रिटिस नम्बर एक टेनिस खेलाडी एन्डी मर्रे अष्ट्रेलियन ओपनको पहिलो चरणबाटै बाहिरिएका छन् ।
सोमबार भएको पहिलो चरणको खेलमा स्पेनिस खेलाडी रोबर्टो बटिस्टासंग पराजित हुँदै मर्रे प्रतियोगिताबाट बाहिरिएका हुन् ।
मेलबर्न पार्कमा भएको प्रतिस्पर्धात्मक खेलमा मर्रे ६-४, ६-४,६-७ (५-७), ६-७(४-७) र ६-२ को सेटमा पराजित भए । हिप इन्जुरीबाट पीडित रहेका मर्रेको सम्भवत यो अन्तिम प्रतियोगिता हुनेछ । मर्रेले विम्बल्डन टेनिसपछि सन्यास लिने बताईसकेका छन् ।
यस्तै स्विस खेलाडी रोजर फेडेरर भने प्रतियोगिताको दोस्रो चरणमा पुगेका छन् । फेडेररले डेनिस स्टोमिनलाई ६-३,६-४ र ६-४ को सेटमा पराजित गरे ।