एजेन्सी । समूह ‘एच’का दुई बलिया टोली पोल्याण्ड र कोलम्बिया पहिलो खेलमै पराजित भए । आईतबार समूह चरणको दोस्रो खेलमा आमनेसामने हुँदै गर्दा दुवैको लक्ष्य अन्तिम १६ को सम्भावना जिवितै राख्नु हुनेछ । त्यसका लागि जित आवश्यक मात्र होईन अनिवार्य हुनेछ ।
कोलम्बिया पहिलो खेलमा जापानसंग २–१ ले पराजित भयो । ७३ औ मिनेटमा युया ओकासीले विजयी गोल गर्दै एसियाली राष्ट्रलाई महत्वपुर्ण ३ अंक दिलाए । इङलिस क्लब चेल्सी र म्यान्चेष्टर युनाईटेडका पुर्व खेलाडी राडामेल फाल्काओ कोलम्बियाको भविष्य समूह चरणको दोस्रो खेलले निर्धारण गर्ने बताउछन् ।
‘टोली अन्तिम १६ मा पुग्छ वा बाहिरिन्छ, सबै कुरा दोस्रो खेलले निर्धारण गर्नेछ ।’ उनी भन्छन् । ‘हामी जित्नैपर्ने अवस्थामा आईपुगेका छौ । कुुनै पनि मुल्यका हामी जितकालागि खेल्नेछौ ।’ उनले भने । ‘हामी यस्ता दुई टिम भिड्दै छौ, दुवैलाई जित चाहिएको छ । यो दुवै टोलीकालागि फाईनल जस्तै होे । त्यसपछि मात्र जापानसंगको खेलका बारेमा हामी सोच्नेछौ ।’ फाल्काओले भने ।
पोल्याण्डले आफ्नो पहिलो खेल सेनेगलसंग २–१ ले गुमायो । ‘हामीलाई यस खेलको महत्वको बिषयमा राम्रोसंग थाहा छ ।’ पोल्याण्डका डिफेन्डर बार्तोसले भने, ‘एउटा कुरा निश्चित के छ भने, हामी नराम्रो सुन्ने अवस्थामा छैनौ ।’
पछिल्ला ४ विश्वकपमा पहिलो खेलमा पराजित भएको चार टोली नकआउट चरणमा पुगेका छन् । कजानमा हुसने भिडन्तले दुई टोलीमध्ये एक टोलकिो भाग्य निर्धारण गर्ने पक्का छ ।
दुवै टोली पहिलो पटक भिड्न लागेका हुन् । तर दक्षिण अमेरिकी देशको पछिल्लो इतिहार पल्टाउने हो भने उसले पाँच हार, दुई बराबरी को नतिजा विश्वकपमा निकालेको हो । पोल्याण्डको डिफेन्डर कामिल ग्लिक मैदान फर्कन सक्छन्, जो सेनेगलविरुद्धको खेलमा चोटका कारण बाहिर भए ।
कोलम्बियालाई चोटको कुनै समस्या छैन् । तर जेम्स रोड्रिग्वेजले पहिलो रोजाईमा उत्रन सक्नेछन् । जापानविरुद्धको खेलमा उनले बेन्चबाट खेलको सुरुवात गरेका थिए ।