एजेन्सी । विश्वकप फुटबलमा एसियाली प्रर्दशन खासै दमदार छैन् । नकआउट चरण पुग्नु नै एसियाली मुलुकका मुख्य लक्ष्य रहने गर्छ ।
विश्वकपमा दोस्रो चरणको खेल जारी रहदाँ एसियाली राष्ट्रको प्रर्दशन उल्लेख्य रहेको छैन् । तर, एसियाली पावर हाउस जापानले पहिलो खेलमा कोलम्बियालाई पराजित गर्यो । दक्षिण अमेरिकी बलियो टोली कोलम्बियाविरुद्धको ऐतिहासिक जितले हौसिएको जापानलाई एउटा अर्को सफलताले पर्खिएर बसेको छ ।
समुहको दोस्रो खेलमा अफ्रिकन मुलुक सेनेगललाई हराउन सकेमा जापान नकआउट चरण नजिक पुग्ने छ, समिकरणले त्यस्तै भन्छ । तर पहिलो खेलमा युरोपको बलियो प्रत्यासी पेल्याण्डलाई स्तब्ध बनाएको सेनेगल समुहको उत्कृष्ट टोली हो ।
इङ्लिस प्रिमियर लिगमा लिभरपुलबाट उधुम मच्चाएका साडियो माने प्रेरित सेनेगलले विश्वकपका केही अप्रत्यासित नतिजा निकाल्ने अपेक्षा गरिएको छ । जापानी प्रशिक्षक अकिरा निसहिनो समेत सेनेगलका माने निकै खतरनाक हुने मान्छन् । ‘जब हामी सेनेगलविरुद्ध उत्रन्छौ, मानेमात्र खतरनाक खेलाडी सोच्नु हाम्रो गल्ती हुनेछ ।’ उनी यस्तै भन्छन् ।
समूह चरणको अंक तालिकाले दुवै टोलीको नकआउट चरण प्रवेशको सम्भावना बराबर देखाएकाले भिडन्त रोचक हुने अनुमान गरिएको छ । तर मुख्य कुरा सेनेगलका स्टार माने जापानी खेलाडीको मुख्य निगरानीमा हुनेछन् । मानेलाई स्वतन्त्र छाडेर चुकाउनु पर्ने मुल्यबारे समेत जापान पक्कै जानकार छ । पहिलो खेलमा सेनेगलले पोल्याण्डलाई हराउदा लिभरपुलका स्टारले आफुलाई प्रमाणित गरेका थिए । ‘उनलाई रोक्न सम्भव छ, तर उनी अरु खेलाडीका लागि अवसर सिर्जना गर्न सक्छन् । हाम्रो मुख्य ध्यान त्यही हुनेछ ।’ जापानी प्रशिक्षक भन्छन् ।
सेनेगलको गति, शारिरिक बनावट र पुर्ण टिमको अगाडी होचा जापानी खेलाडीले गेम प्लान अनुसार काम गर्नुपर्ने उनको भनाई छ । ‘शारिरिक रुपमा बलियो सेनेगलसंग जापानले माईन्ड गेम खेल्ने छ । केही योजना र रणनीति लागु हुनेछन् ।’ उनले भने ।
प्रतियोगिता अगाडी सेनेगल २००२ यता विश्वकपमा छनोट हुन असफल छ । तर, पछिल्ला ११ खेलमा मात्र एक खेल गुमाएको सेनेगल लयमा छ । प्रशिक्षक अलिउ सिसेको नेतृत्वमा सेनेगलले १६ बर्ष अगाडीको टिमलाई पछ्याईरहेको भान हुन्छ । सन् २००२ मा सेनेगलले विश्वकपको क्वार्टरफाईनल यात्रा तय गरेको थियो । ‘हामी सन् २००२ को पुस्ताको उपलब्धी हासिल गर्न चाहान्छौ ।’ सिसे भन्छन्, ‘त्यो निकै सुन्दर पुस्ता थियो । तर अर्को पुस्ता अहिले तयार छ । तर हामी मात्र खेल जितेर पुरानो पुस्ता भन्दा राम्रो गर्न सक्दैनौ ।’
पहिलो खेलमा चोट बोेका केसुकी होन्डा टिम बाहिर रहन सक्नेछन् । तर सेनेगललाई चोटको कुनै सस्या छैन् । प्रशिक्षक सिसेले सोही प्लेईङ ११ लाई आजको खेलमा उतार्न सक्नेछन् ।