काठमाडौं । सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई ६० करोड बजेट बिनियोजन गरेको छ ।
मंगलबार संसद बैठकमा अर्थमन्त्री वर्षमान पुनले कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड रुपैयाँ बजेट बिनियोजन गरिएको घोषणा गरेका छन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका २०८१ सालमा कर्णाली प्रदेशले आयोजना गर्दैछ । प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको छ ।
प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेशले झण्डै ३ अर्ब रुपैयाँ बढी बजेट खर्च गरेर पूर्वाधार निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको छ ।
राष्ट्रिय प्रतियोगिता समयमै नहुने बिगतको तितो यथार्थका बीच सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड बजेट घोषणा गरेर आफ्नो प्रतिबद्धता ब्यक्त गरेको छ ।