काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पूर्व अध्यक्ष निरञ्जन राजवंशीलाई मातृशोक परेको छ । उहाँकी ७४ वर्षीया आमा राधादेवी राजवंशीको शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।
मिर्गौलासम्बन्धी रोगबाट पीडित राधादेवीको तीन महिनादेखि उपचार भइरहेको थियो । उहाँका चार छोरी र दुई छोरा हुनुहुन्छ । उहाँको आजै (शुक्रबार) पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
हाल बीबीसी नेपाली सेवाका संवाददाता रहेका खेलपत्रकार राजवंशी एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) का कोषाध्यक्ष हुनुहुन्छ ।
मञ्चका सचिव राजु घिसिङले प्रेस बिज्ञप्ती जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।