एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत आजको अन्तिम खेलमा साबिकको बिजेता जर्मनीविरुद्ध स्विडेनले अग्रता बनाएको छ ।
फिष्ट स्टेडियमा खेलको ३२ औं मिनेटमा ओला टोईभोनेनले गोल गर्दै स्विडेनलाई अग्रता दिलाए ।
समूह एफ मा रहेका दुवै टोली ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
यो समूहमा जर्मनी अंकबिहिन रहदै तेस्रो स्थानमा छ । पहिलो खेलमा जर्मनी मेक्सिकोसँग पराजित भएको थियो । स्विडेन ३ अंकसहित दोस्रो स्थानमा छ । स्विडेनले दक्षिण कोरियालाई हराएको थियो ।
जर्मनी पछिल्ला ११ खेलमा स्वीडेनसंग अपराजित छ । पछिल्लो भेटमा जर्मनी र स्विडेनले ४–४ गोलको बराबरी खेलेका थिए । विश्वकप २०१४ को छनोटमा जर्मनीले स्विडेनलाई ५–३ ले स्तब्ध पारेको थियो ।