काठमाडौं । तेस्रो संस्करणको नेपाल आइस खप्तड गोल्डकप अन्तर्गत अहिले विभागीय टोली नेपाल पुलिस क्लब र मोरङ-११ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
धनगढी रंगशालामा नेपाल पुलिस र मोरङ जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
मोफसलकै सवार्धिक धनराशीको प्रतियोगिता खप्तड गोल्डकपको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।
उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५र१५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ ।
प्रतियोगितामा दर्शकहरुले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ । क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैया तोकिएको छ ।